काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच भेटघाट भएको छ ।
आज (बुधवार) माओवादी पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको हो ।
भेटमा सत्ता समिकरणको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यसअघि प्रचण्डले हिजो (मंगलवार) जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया