काठमाडौं । चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना संक्रमित भेटिएका छैनन् ।
त्यहाँका स्वास्थ्य अधिकारीहरुले आज (बुधवार) सो जानकारी दिएका हुन् । उनीहरुले हिजो (मंगलवार) चीनमा देशभित्रै संक्रमण सरेका संक्रमित नभेटिएको बताएका छन् ।
बुधवार चीनमा पाँच जनामात्र संक्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो ।
बेइजिङमा बुधवार दिइएको जानकारीमा यहाँ मंगलवार पाँच जना संक्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया