स्वीट्जरल्यान्डमा मुहार ढाक्ने पोशाकमा प्रतिबन्ध, प्रस्ताव बहुलठ्ठीपूर्ण भएको भन्दै आलोचना

लोकपथ
0
Shares

एजेन्सी । स्वीट्जरल्यान्डका नागरिकले मुहार ढाक्ने पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावमा समर्थन जनाएका छन् । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि भएको जनमत संग्रहमा उक्त प्रस्ताव झिनो बहुमतले सदर भएको हो ।
उक्त प्रस्तावको समर्थनमा ५१.२५ मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८५ मानिसले भोट हालेका बीबीसीले जनाएको छ ।

तर स्वीस इस्लामिक समूह सेन्ट्रल काउन्सिल अफ मुस्लिमले उक्त परिणामलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’को संज्ञा दिँदै त्यसविरुद्ध अदालत जाने बताएको छ । स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो।
कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई बहुलठ्ठीपूर्ण, बेकामे अनि इस्लामप्रति त्रास फैलाउने खालको भएको प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ। फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदर्ल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?