रौतहट । रौतहट प्रहरीले जिल्लाको सिमा नाकाहुँदै भारतबाट चोरी पैठारी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र कार्यालय मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट भन्सार छली गरी विभिन्न सामान नेपाल भित्र्याइरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीको गस्ती टोलीले फरक फरक मितिमा विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको १२ लाख ९६ हजार तीन सय असी रुपैयाँ बराबरको सामान समेत बरामद गरेको छ ।
खसी ४ वटा, अल्मुनियमको ढोका ८ वटा, झ्याल १९ वटा र त्यसमा लाग्ने विडसहित एउटा ट्रयाक्टर, दुई वटा बलेरो, एउटा मारुती कार, दुई वटा मोटरसाईकल समेत गरी प्रहरीले उक्त मूल्य बराबरको सामानहरु बरामद गरेको हो ।
बरामद भएका सामानहरुसहित दुवैलाई भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया