यस्तो छ सरकार र विप्लव पक्षबीच भएको तीन बुँदे सहमति

काठमाडौं । सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच हस्ताक्षर सम्पन्न भएको छ ।

आज राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच दुई पक्षबीच हस्ताक्षर भएको हो ।

सरकारले प्रतिवन्ध लगाएसँगै भूमिगत रहेका उक्त समूहका महासचिव नेत्र विक्रम चन्द विप्लव शुक्रवार पहिलोपटक सार्वजनिक भएसँगै काठमाडौं आएका हुन् ।

दुवै पक्षले बिहीवार गरेको तीन बुँदे वार्ताका आधारमा आज सहमति पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सहमति पत्रमा सरकारी पक्षका तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव पक्षका तर्फबाट उक्त समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका हुन् ।

यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतीपत्रमा

-दुवै पक्ष (सरकार र नेपाल कम्युनिष्ट पार्टी)ले देशको राजनीतिक समस्याहरु वार्ताको माध्यमबाट समाधान गर्ने

-नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आफ्ना सबै पूराना राजनीतिक क्रियाकलापहरु बन्द गर्ने

-नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध र जेलमा रहेका सबै नेता कार्यकर्तालाई रिहाइ गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?