सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार पक्ष र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार (आज) एक कार्यक्रमका बीच राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट उक्त पक्षका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

बिहीवार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै शुक्रवार बिहान विप्लव नवलपरासीबाट सार्वजनिक भइ काठमाडौं आएका थिए । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका विप्लव प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभा गृहमा पुगेका हुन् । गत २०७५ साल फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?