काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएसँगै काठमाडौं आइपुगेका छन् ।
शुक्रवार (आज) दिउँसो काठमाडौं आइपुगेका विप्लव अहिले काठमाडौंको सामाखुसीमा रहेको स्रोतले जनाएको छ ।
केहीबेर त्यहाँ आराम गरेर राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा सहभागि हुनेछन् ।
विगत दुई अघि सरकारले प्रतिवन्ध लगाएसँगै भूमिगत अवस्थामा रहेका विप्लव र सरकारबीच वार्ता भएसँगै शुक्रवार बिहान नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी सार्वजनिक भएका हुन् ।
सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका थिए ।
आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चबाट सम्बोधन गर्न लागेका विप्लव प्रहरीको सुरक्षामा काठमाडौं आएका हुन्।
सरकारले हेलिकप्टर पठाएर काठमाडौं ल्याउन लागेपनि विप्लवले त्यसलाई अस्वीकार गरी सडक मार्गबाटै काठमाडौं आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया