का‌ंग्रेस पदाधिकारी बैठक शुरु

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ ।

फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो ।

आजको बैठकले कांग्रेस पार्टीको साझा धारणा बनाउने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटन पछि विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले सभापति देउवालाई प्रधानमन्त्री पदको अफर दिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु दाहाल–नेपाल पक्षलाई समर्थन गर्ने, तर कांग्रेस अहिले सरकारमा जान हुँदैन भन्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?