प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यलाई दियो यस्तो निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आफ्ना केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन निर्देशन दिएको छ ।

उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई आज (बिहीवार) दिउँसो पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन निर्देशन दिएको हो ।
अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जुनसुकै बेला आवश्यक पर्ने भएकाले केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट रहन निर्देशन दिएको हो ।

हिजो (बुधबार) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?