लागू औषधसहित दुई भारतीय पक्राउ

रौतहट । रौतहटबाट लागू औषधसहित प्रहरीले २ भारतीय युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी लक्ष्मिपुर बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो ।

साइकलमा भारतबाट नेपाल आउँदै गरेका उनीहरुको चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला वैरगनीया भकुरहर वस्ने १८ वर्षीय निखिल कुमार श्रीवास्तव र १८ वर्षकै श्याम कुमार यादव रहेका छन् ।

उनीहरुको साथबाट नुफिन १८० पिस, डाईजेलेप १२० पिस, फेनारगन १८० पिस, र डाईजेपाम–६० पिस बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरी न्यायीक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?