पूर्वमन्त्री बास्कोटालाई पितृशोक

काठमाडौँ– पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

पूर्वमन्त्री समेत रहेका बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको आज निधन भएको हो । उनको ९४ वर्षको उमेरमा काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा रहेको घरमै निधन भएको हो ।

उनका ४ छोरा र ३ छोरी छन् । बास्कोटा कान्छा छोरा हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?