विवाह भोजमा कुटपिट गरी हत्या, ६ जना पक्राउ

लोकपथ
0
Shares

दाङ । घोराही उपमहानगरपालिका-१६ का २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका १० जलौराका २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई हिजो (शनिवार) राति प्रहरीले पक्राउ गरेको हो ।

विवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?