काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ११ रुपैयाँ २ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया