फागुन २३ गतेदेखि यातायात क्षेत्रमा काम गर्नेलाई कोरोना विरुद्धको खोप

काठमाडौं । यातायात क्षेत्रमा काम गर्नेहरुले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । सरकारले आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अन्तर्गत यातायात क्षेत्रमा काम गर्नेहरुलाई कोरोना विरुद्धको खोप दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार यातायात क्षेत्रमा काम गर्ने साथै ५५ वर्ष माथिका सबै, शिक्षक, शिक्षिका, प्राध्यापक कर्मचारी, औषधि पसले ,प्रयोगशालमा काम गर्नेहरु र सफाईकर्मीलाई खोप लगाउने तयारी गरीएको छ ।

नेपालसँग  भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप टेकुस्थित कोल्डस्टोरमा भण्डारण गरी राखिएको छ । सो खोप यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीकाले जनाएका छन् ।

यसअघि भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरि लगाइएको थियो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?