प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे बहस सकिएर फैसलाको अन्तिम तयारी भएको छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्धाको फैसला आउने तयारीकाबीच सुरक्षा निकायहरु ‘हाई अलर्ट’मा बसेका छन् ।

आगामी शुक्रवारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ ।

यस्तो अवस्थामा हुन सक्ने राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा निकायहरुलाई हाई अलर्टमा राखिएको स्रोतले जनाएको छ ।

राजधानी काठमाडौंमा चारवटै सुरक्षा निकायहरुले सुरक्षामा विशेष ध्यान दिएका छन् ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गर्दै नयाँ निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्ध १३ वटा रिट निवेदनहरु परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?