नेकपाको ओली पक्षले विराटनगरमा बृहत प्रदर्शन गर्दै, प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज प्रदेश १ को राजधानी विराटनगरमा बृहत आमसभा गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रदशे १ मा आज ओली पक्षले प्रदर्शन गर्न लागेको हो ।

ओली पक्षले यो प्रदर्शन र जनसभामार्फत् वैशाख १७ र २७ गते घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली लगाएत गृहमन्त्री रामबहादुर थापा, सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?