काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिंदै गर्दा पनि आयोगले कार्यतालिकासमेत प्रकाशित गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘मैले प्रतिनिधि सभा विघटन गरेपछि ६ गते नै बोलाएर आयोगलाई तयारी गर्नुस् भनेको थिएँ । मैले अस्ती गएर पनि सोधेँ। तयारी गर्दैछौ भन्नु भयो । तर कार्यक्रम प्रकाशित भएको छैन । के तयारी गर्नुभयो ? आयोगको काम त्यति राम्रो देखिएको छैन ।’
देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षड्यन्त्रले निर्वाचनलाई रोक्न नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले केही तत्वले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया