केन्द्रीय सदस्यहरुलाई प्रचण्ड-नेपाल पक्षले भन्यो : ‘अब तयार रहनूस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले जस्तोसुकै परिस्थिती आएपनि पछि नहट्न निर्देशन दिएका छन् ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालत र निर्वाचन आयोगले जे पनि फैसला गर्न सक्ने भन्दै जस्तोसुकै परिस्थितिका लागि तयार रहन अध्यक्षद्वय प्रचण्ड र नेपालले केन्द्रीय कमिटी सदस्यहरूलाई निर्देशन दिएका हुन् ।

भोलिका दिनमा सहज परिस्थिति आउन पनि सक्ला र अप्ठेरो पनि आउन सक्ने भन्दै निर्वाचन आयोग र अदालतले आफ्नो पक्षमा फैसला गर्नुपर्ने तर त्यस्तो नहुन पनि सक्ने संकेत गर्दैै त्यस्तो निर्देशन दिए ।

आज नै स्थायी कमिटी बैठक बसेको थियो । साथै उपस्थित केन्द्रीय सदस्यहरुलाई परिचय पत्र र नागरिकता समेत बोकेर आउन भनिएको थियो । आधिकारिकता दाबीको लागि सबै उपस्थित हुन पर्ने हुनसक्ने भएकाले त्यस्तो उपत्यका बाहिर नजान पनि भनिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?