बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आज शुक्रवार शव आफन्तले बुझेका छन् । शव बुझेपछि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा सुरु भएको छ ।
घटनामा संलग्नको पहिचान नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका थिए । भागरथीको शव जिल्ला अस्पताल राखिएको थियो । घटनामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेपछि आफन्तले शव बुझ्न मानेका हुन् । शवको आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
बुधवार घटनामा संलग्न चडेपानीकै अभियुक्त दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । विभिन्न अनुसन्धान पछि अभियुक्त भट्टले आफूले पारिवारिक रिसीबीको कारण भागरथीको हत्या गरेको बयान दिएका थिए ।
यो पनि पढ्नुहोस : भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म (यस्तो छ घटनाको नालीबेली)
डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’
भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त !
भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर
कुलदेवता छोएर भागरथी घटनाका अभियुक्तले भनेका थिए- ‘मैले मारेको होईन’, …अनि स्विकारे अपराध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया