काठमाडौं । भारतीय क्रिकेट टीमले दोश्रो टेस्टमा इंग्ल्याण्डलाई ३१७ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । यो विराट कोहलीको कप्तानीमा भारतीय टीमको ओभरल ३४ र घरेलू मैदानमा २१ औँ जित हो ।
अब विराट कोहलीले सबैभन्दा धेरै जित दर्ता गराउनेमा पूर्व कपतान महेन्द्र सिंह धोनीको रेकर्ड बराबरी गरेका छन् ।
धोनीले भारतीय जमीनमा कुल ३० टेस्टमा इण्डियाको कप्तानी गरेका थिए । जसमा उनले २१ जित निकाले र तीन म्याच हारे ।
त्यस्तै विराटको कप्तानी घरेलू मैदानमा भारतले २८ म्याच खेलेको छ, जसमा २१ जित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया