काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ५५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९९ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।
अहिलेसम्म नेपालमा २१ लाख २३ हजार ९५१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७४ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया