काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स्थायित्वमा लैजानको लागि संसद विघटनको बाटो रोजेको दाबी गरेका छन् ।
आज सरकार पूरा भएको तीन वर्षको उपलब्धीहरुबारे जानकारी दिँदै सिंहदरबारबाट प्रेस ब्रिफिङमार्फत त्यस्तो बताएका हुन् ।
सरकार गठन भएसँगै निरन्तर आफूलाई पार्टीभित्रैबाट असहयोग भएको बताउँदै देशलाई अस्थिरतामा जान नदिनका लागि आफूू संसद विघटनको बाटो रोज्न बाध्य भएको बताए ।
यदि मैले विघटनको बाटो नगएर अरु विग्रहको बाटो रोज्दिएको भए, बहुमतको दल नरहने । देश अस्थिरता र अस्थायीत्वतिर जाने । फेरि उही ६”/८ महिनामा सरकार परिवर्तन हुन खेलमा देश जान्थ्यो ।” प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्दै भने, “त्यस बाटोमा राष्ट्रिय राजनीति अन्धकारमा जाने संम्भावना थियो । त्यसबाट देशलाई बचाउनुु थियो, जोगाउनुु थियो । त्यसकारण प्रतिनिधि सभालाई राजनीतिक फोहोरी खेलतर्फ जाने कि निर्वाचनमा जाने ? म सँग दुई विकल्पहरु थिए । एक कि देशलाई राजनीतिक फोहोरी खेलमा जान दिने कि विघटन गरेर ताजा जनादेशमा जाने ?”
त्यस्तै शुुरुदेखिनै सरकार सञ्चालनमा अफ्ठ्याराहरु खडा गरिएको, काम गर्न नदिएको र जनताको आकांक्षा पूरा गर्नका लागि अल्झिएर बस्नुपरेको बताए ।
“शुरुदेखि नै सरकार सञ्चालनमा अफ्ठयाराहरु खडा गरिएकै थिए । एकातिर जनताको आकांक्षा पूरा गर्नुपर्ने अर्कोतिर आफ्नै खुटटमा अल्झिएर काम गर्न नसक्ने अवस्था आयो ।” प्रधानमन्त्री ओलीले भने- “सकेसम्म अल्मल्याउन खोज्ने नसके कामै गर्न नदिन आफ्नै दलका साथीहरु लाग्नु भयो । नेकपाभित्रको बाछिटा संसदमा नपरोस भनेर म सचेत भएकै थिए ।”
विगत एक वर्षदेखि आफूले मध्यावधी निर्वाचनमा जान नपरोस भन्नका लागि सहेरै बसेको र पुुस ५ गतेको अन्तिमसम्म पनि मिलेर जानुपर्छ भन्ने विकल्प खोज्दै गरेको अन्ततः विघटनको बाटो रोजेको बताए ।
“विगत १ वर्षदेखि चाँडै निर्वाचनमा जान नपरोस भनेर मैले सहेरै गएको थिए । पुस ५ गते विटघनमा हस्ताक्षर हुनुुभन्दा पहिले झुटो अभियोग नलगाउँ, निराधार आरोपहरु नलगाउनँ, स्वस्थ तरिकारले सरकार र पार्टी चलाउन भनेर मैले अपरान्हसम्म निकै प्रयास गरे ।” प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया