महिला लिग फुटबलमा आज पनि दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् । एपीएफ क्लब र नेपाल पुलिस क्लब तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच प्रतिष्पर्धा हुन लागेको हो ।

एपीएफ र पुलिसबीचको पहिलो खेल दिउँसो १२ बजे हुनेछ भने विराटनगर र वालिङ दिउँसो ३ बजे मैदान उत्रने छन् । दुबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यसअघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराएको थियो ।

आजको खेल जितेको खण्डमा एपीएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबलाई ५ अंकले पछि छाड्ने छ। एपीएफ ९ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थानमा छ। आर्मीले १० खेलबाट २५ अंक जोडेको छ।
यस्तै वालिङ १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने पुलिस १३ अंक जोडेर पाँचौ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?