औबमेयाङले ह्याट्रिक गर्दा आर्सनल विजयी

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडमाथि ४–२ गोलअन्तरले जित निकालेको छ। इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिड्समाथि जित निकालेको हो ।

आर्सनलको जितमा एम्रिक औबमेयाङले ह्याट्रिक गर्दा हेक्टर बेलेरिनले १ गोल गरे। लिड्सका लागि पास्कल स्ट्रुइज्क र हेल्डर कोस्टाले समान एक एक गोल गरे ।

जितसँगै २४ खेलबाट ३४ अंक जोडेको आर्सनल अंकतालिकाको १० औं स्थानमा उक्लिएको छ भने २३ खेलबाट ३२ अंक जोडेको लिड्स ११ औं स्थानमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?