काठमाडौं । भारत र इंग्ल्याण्डबीच ४ टेस्टको सीरीजको दोश्रो म्याच अहिले चेन्नईको चेपक स्टेडियममा भइरहेको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो पारीमा ३२९ बनाएको छ ।
यसको जवाफमा इंग्ल्याण्डले १६ रन जोड्दा २ विकेट गुमाएको छ । अहिले ड्यान लोरेन्स र जो रुट क्रीजमा रहेका छन् ।
इंग्ल्याण्ड टीमको पहिलो पारीमा शुरुवात खराब रह्यो । पहिलो ओभरमै पहिलो विकेट गुमायो ।
तीव्र गतिका बलर ईशान्त शर्माले पहिलो ओभरमै ओपनर रोरी बन्र्सलाई आउट गरे ।
त्यसपछि रविचन्द्रन अश्विनले डम सिबोलीलाई १६रनमा आउट गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया