झलनाथ खनालको अपोलो अस्पतालमा उपचार सुरु

काठमाडौँ– नेकपा ‘दाहाल-नेपाल’ समूहका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार शुरू गरिएको छ ।

नेता खनालको अपोलो अस्पतालमा उपचार थालिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए । राजदूत आचार्यले उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

पूर्वप्रधानमन्त्री खनाल नियमित उपचारका क्रममा आज विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए । नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?