पाकिस्तानी क्रिकेटर रिजवानको टी-२० मा कमाल

काठमाडौं । पाकिस्तानले पहिलो टी २० इन्टरनेशनलमा दक्षिण अफ्रिकालाई तीन रनले पराजित गरेको छ ।

३ म्याचको सीरीजमा पाकिस्तान १ अंकले अगाडि रहेको छ ।

पाकिस्तानको जितमा विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद रिजवानले नट आउट शतक प्रहार गरे ।

उनको यो पहिलो टी २० इन्टरनेशनल शतक हो ।

यो भन्दा पहिला २०१४ मा अहमद शहजादले बंगलादेशविरुद्ध १११ रनको नटआउट पारी खेलेका थिए ।

रिजवानले ६४ बलमा ७ छक्का र ६ चौकाको सहयोगमा नटआउट १०४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?