सभामुख सापकोटाका वकीलको बहस सकियो, प्रतिनिधिसभा पुनर्स्थापना गर्दा बैठकको मिति तोक्न माग

काठमाडौं । कानून व्यवसायीले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा बैठकको मिति नै तोक्न माग राखेका छन् । आज (बिहविार) संसद विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको प्रतिरक्षामा बहस गर्ने कानून व्यवसायीले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा बैठकको मिति नै तोक्न माग गरेका हुन् ।

सभामुख अग्नी सापकोटाको तर्फबाट श्रीकृष्ण सुवेदी, श्याम कुमार खरेल र लव मैनालीले प्रतिनिधिसभा विघटनमा बहस गरेका थिए ।

सभामुख पक्षले संसदले प्रधानमन्त्रीलाई असहयोग नगरेको, संविधानमा बाध्यात्मकमात्रै विघटन भएको, बहुमतको प्रधानमन्त्रीले विघटन गर्न नपाउने, धारा ७४ संसदीय व्यवस्था मात्र होइन बहुलवादमा आधारित समेत भनिएको लगायतका तर्क गरेका थिए।

अब आइतवारदेखि निवेदक पक्षका वकिलले जवाफी बहस गर्नेछन् । अब रिट निवेदकको तर्फबाट जवाफी बहस बाँकी छ । त्यसपछि एमिकस क्युरीले बहस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?