काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ राजकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।
राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध गलत अभिव्यक्ति दिएको भन्दै सोधपुछका लागि प्रहरीले बोलाएको थियो । आफूलाई पक्राउ पुर्जी जारीको पत्र नआएको तर आएमा आफू प्रहरीकोमा जान तयार रहेको बताएकी थिइन् । प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीले राष्ट्रपतिलाई प्रधानमन्त्रीको इशारामा नाचेको आरोप लगाउँदै बालकोट जान भनेकी थिइन् । त्यसै विषयमा राष्ट्रपतिप्रति गलत अभिव्यक्ति दिएको भन्दै आलोचना हुँदै आएको थियो ।
त्यस्तै आज नै नेतृ झाँक्रीको वैवाहिक जीवन प्रवेश गरेको ११ वर्ष पुगेको दिन हो । आज बिहानै झाँक्रीले आफ्नो वैवाहिक जीवनमा प्रवेश गरेको ११ औँ वर्ष पुगेको अवसरमा तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । आज विवाह एनिभर्सरी मनाउनको लागि साथीहरुसँग घरमा बसिरहेका बेला प्रहरी उनलाई पक्राउ गर्नका लागि उनको शंखमुलस्थित निवास पुगेको थियो ।
“आज माघ २९
सोचे जस्तो हुन्न जीबन भन्ने थाहा छ
तिमी आयौं जिन्दगीमा यसै आहा छ ! ” सामाजिक सञ्जालमा झाँक्रीले लेखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया