काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
बिहीवार बिहान सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै उनीहरुले चर्को नारा लगाएका थिए।

नेपालटारस्थित दुवै क्याम्पस गेटबाट नाराबाजी गर्दै नेविसंघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।
कोण सभामा प्रमुख वक्ता नेविसंघका पूर्व केन्द्रीय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सन्तोष गुरुङ, स्वेच्छा उप्रेती ,लक्ष्मी सिलवाल, जीवन राना ,किरण भट्टराई ,सुवास घिमिरे, प्रविन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले कोणसभालाई सम्बोधन गरेका थिए।

कोण सभामा सम्बोधन गर्ने नेताहरूले बलात्कार पछि हत्या गरिएका भागरथी, निर्मला, सम्झना कामी लगायतको लागि न्याय माग गरेका थिए । साथै सरकारले आफ्नो पद बचाउको खेलमा लागेको भन्दै निर्दोषहरुलाई न्याय चाहियो भन्दै करिब एक घन्टा चक्काजाम समेत गराएका थिए।
बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेविसंघका नेता भट्टले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया