म्यानचेस्टर एफए कपको क्वार्टरफाइनल प्रवेश

एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर क्वाटरफाइनल प्रवेश गरेको हो ।

म्यान्चेस्टरको जितमा केली वाल्कर, रहिम स्टर्लिङ र ग्याब्रिएल जेससले एक/एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए ।

यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ । सिटीले सन् १९८७/८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो ।

यस्तै गएराति नै भएको अर्को खेलमा एभरटनले टोटनहमलाई ५–४ तथा लेस्टरले ब्राइटन र सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई समान १–० गोल अन्तरले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?