प्रचण्डले भने- ‘अब शान्तिपूर्ण विद्रोह हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा शान्तिपूर्ण विद्रोह हुने चेतावनी दिएका छन् ।

आज प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा गरेको विशाल विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलका विरुद्ध देशमा शान्तिपूर्ण विद्रोह हुने बताएका हुन् ।

त्यस्तै आफूहरुले आज गरेको आन्दोलन माघ ९ गते र १४ गतेको भन्दा ठूलो भएको आफूलाई सूचना आएको बताए ।

“केपी आलीको कदम सच्चिएन भने आँधी आउँछ हुरी चल्छ । कसैले थाम्न सक्दैन । शान्तिपूर्ण विद्रोह हुन्छ ।” उनले भने ।

त्यस्तै आजको भेला ओलीको विपक्षमा रहेको प्रस्ट पारेको बताउँदै उक्त सभाले सर्वोच्चलाई फैसला गर्नका लागि सहयोग पुग्ने समेत दाबी गरेका छन् । “हाम्रो संवैधानिनक निकायहरुले केपि ओलीहरुले उनीहरुको पक्षमा फैसला गर्छन भनेर म पत्याउँ त ?” उनले भने ।

ओली समूहमा लागेका नेता तथा मन्त्रीहरु आफ्नो समूहमा फर्किनका लागि नेताहरु फर्किनका लागि लाम लागेको दाबी गरेका छन् । “तपाइको समूहबाट हाम्रो पक्षमा आउनेको मसँग लिस्ट छ । दुई जना मन्त्रीहरु पनि फर्किनका लागि लाममा छन् ।” उनले भने ।

त्यस्तै अध्यक्ष प्रचण्डले परिआए सिंहदरबार र बालुवाटार घेर्ने समेत चेतावनी समेत दिएका छन् ।

माघ २२ गते केपी शर्मा ओलीले गरेको प्रदर्शन भन्दा बढी भएको दाबी गर्दै आफ्नो पक्षको भेला हेर्नका लागि आग्रह गरेका छन् । “केपी जी देख्नुभायो सभा कस्तो हुन्छ ? विरोध कस्तो हुन्छ? प्रदर्शन कस्तो हुन्छ ?” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?