काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धामा बुधवार (आज) बाट पुनः बहस शुरु हुँदैछ ।
सोमवारसम्म निरन्तर बहस भएकोमा पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको कारण मंगलवार बहस रोकिएको थियो । भने आजबाट पुनः निरन्तर बहस हुनेछ ।
अहिले सर्वोच्चको संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।
त्यस्तै यसअघि रिट निवेदकको तर्फबाट ७० जना भन्दा बढीले बहस गरिसकेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट निवेदनहरु परेका छन् । त्यसमा माघ ४ गतेबाट निरन्तर बहस भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया