काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का त्रय अध्यक्षहरूको बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
राप्रपाले प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
त्यस्तै आजको बैठकले पार्टीका विभिन्न कामहरु समेत गर्ने निर्णयहरु गरेको छ ।
बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने, फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने कार्यक्रम तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया