लुटपाटको अनुसन्धानका लागि २ जना पक्राउ

काठमाडौँ– बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ नेपाने कुवापानीमा शुक्रवार भएको लुटपाट घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

वडा नं. १ कै दगा सल्लेपोखरावाट पक्राउ परेका उनीहरुको अनुसन्धान भैरहेकोले विवरण खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुन मल्लले जानकारी दिए । शुक्रवारको घटनापछि त्रसित वनेका स्थानिय र प्रहरीको सक्रियतामा लुटपाटमा संलग्नहरुको खोजि चलिरहेको बेला प्रहरीले सोधपुछ गर्ने क्रममा भागेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी चौकी खर्वाङले जनाएको छ।

शुक्रवार कुवापानीमा स्थानिय ५४ वर्षिय धनि रामजालीको १ लाख ५३ हजार नगद सहित गरगहना लुटिएको थियो। उता प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले घटनामा संलग्न नभएका आफ्ना जिल्ला इन्चार्ज आकाश सहित आफ्ना दुई जना कार्यकर्ता पक्राउ परेको दावी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?