कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बोलेरोले ठक्कर दिँदा स्कूले बालबालिकासहित पाँच जना घाइते

काठमाडौं । गोरखामा सडक दुर्घटनामा परि पाँच जना घाइते भउका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा २ झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई स्कूले बालबालिकासहित पाँच जना घाइते भएका हुन् ।

गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेकाउनीहरुलाई गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते दुवै जानालाई गोरखा अस्पतालमा समान्य उपचार गरिएको र त्यसपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?