डिशहोमको रियालिटी टिभीमा आजबाट ‘चम्सुरीसँग चिया गफ’

काठमाडौं । डिशहोमको रियालिटी टिभीमा च्यानल १०२ ले हरेक शुक्रवार (आज) साँझ ७:३० बजे चम्सुरीसँग चिया गफ प्रशारण गर्ने भएको छ ।

विगत १५ बर्ष देखि ‘चम्सुरी’को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दै छिन्।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुने बताइएको छ।

कार्यक्रमको पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?