अजय देवगणको ‘तान्हाजी’ २०२० को बेस्ट फिल्म, सुशान्तको दिल बेचारा तेश्रो स्थानमा

काठमाडौं । बलिउडमा वर्ष २०२० मा सबैभन्दा बेस्ट मूभीमा अजय देवगणको तान्हाजी परेको छ । ४९.२ प्रतिशत मानिसले यसमा भोट गरेका छन् ।

२.बागी ३

टाइगर श्रफको बागी ३ दोश्रो नम्बरमा रहेको छ । यो फिल्मले १४ प्रतिशत भोट पाएको छ ।

३. दिल बेचारा

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म दिल बेचारा बेस्ट मूभीमा तेश्रो नम्बरमा रहेको छ । यो फिल्मले १२.५ प्रतिशत भोट पाएको छ ।

४. लूटकेस

नम्बरमा चारमा फिल्म सूटकेस परेको छ । कुणाल खेमूको यो मूभी चौथो बेस्ट फिल्म बनेको हो ।

५.शकुन्तला देवी


विद्या बालन अभिनीत फिल्म शकुन्तला देवी महान गणितिज्ञ शकुन्तला देवीको जविनमा आधारित रहेको छ ।

६. शुभ मंगल ज्यादा सावधान

आयुष्मान खुरानको फिल्म शुभ मंगल ज्यादा सावधान यो लिस्टको छैटौँ नम्बरमा रहेको छ ।

७.छपाक

दीपिका पादुकोणको यो फिल्म एसिड आक्रमण भएकी युवतीको जीवनमा आधारित फिलम हो । यो यो लिस्टको सातौँ नम्बरमा रहेको छ ।

८. रात अकेली है

नेटफ्ल्क्सिको फिल्म रात अकेली एक थ्रिलर मूभी हो । जसमा नवाजुद्दिन सिद्दीकीले लीड रोल निभाएका छन् । यो यो लिस्टको आठौँ नम्बरमा रहेको छ ।

९.एके भर्सेस एके

अनिल कपूर बनाम अनुराग कशयपको यो फिल्म ओटीटी प्लेटफर्मका लागि बनाइएको हो । यूनिक कन्टेन्टका कारण यो धेरै चर्चामा रह्यो । यो फिल्मा यो लिस्टको ९ औँ नम्बरमा रहेको छ ।
१०. थप्पड


तापसी पन्नूको फिल्म थप्पड यो लिस्टको १० औँ नम्बरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?