काठमाडौं । बलिउड ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलवार अभिनेता सुशान्त सिंह राजपूतका पूर्व म्यानेजर ऋषिकेश पवारलाई अरेस्ट गरेका छन् ।
पवार गत केहि दिन यता फरार थिए । एनडीपीएस कोर्टबाट जमानत याचिका खारेज गरेपछि मंगलवार पक्राउ गरेको हो । केहि पटक नोटिस पठाउँदा पनि पवार उपस्थित नभएपछि उनलाई पक्राउ गरिएको हो ।
केहि महिना पहिला एनसीबीसँगको सोधपुछमा एक ड्रग्स कारोबारीले पवारको नाम लिएका थिए । सुशान्तका स्टाफ दीपेश सावन्तले पनि उनको नाम लिएका थिए ।
उनीविरुद्ध ड्रग्स सप्लाई गरेको आरोप छ । उनले सुशान्तका लागि ड्रग्स सप्लाई गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया