काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत फेरि एक पटक कानूनी विवादमा परेकी छन् ।
गीतकार जावेद अख्तरको मानहानीको मामिलामा मुम्बईको अन्धेरी मेट्रोपोलिटिन कोर्टले अभिनेत्रीलाई नोटिस पठाएको छ ।
यसमा अभिनेत्रीलाई जुहू पुलिस स्टेशनमा गएर सहयोग गर्न भनिएको छ ।
![]()
जावेद अख्तरले नोभेम्बर २०२० मा कंगनाविरुद्ध क्रिमिनल कम्पलेन दर्ता गराएका थिए । यो मामिलालाई लिएर अभिनेत्रीले प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘एक गिद्दको बथान र एक शेरनी, मजा आउनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया