पद्यिनी कोल्हापुरेका छोरा प्रियांकले करीम मोरानीकी छोरी शजासँग विवाह गर्दै

काठमाडौं । बलिउड अभिनेता वरुण धवन र नताशा दलालको विवाहपछि अब बलिउडका अर्को एक कपलको विवाह भइरहेको छ ।

चर्चित अभिनेत्री पद्यिनी कोल्हापुरेका छोरा प्रियांक शर्मा र प्रोड्यूसर करीम मोरानाकी छोरी शजा मोरानीसँग विवाह गर्दैछन् । प्रियांक र शजा एक महिनाको अन्तरालमा तीन पटक विवाह गर्न सक्नेछन् ।

उनीहरुको पहिलो विवाह ४ फेब्रुअरीमा मुम्बईमा हुनेछ । दुवै जनाले कोर्ट म्यारिज गर्नेछन् ।

यसको अघिल्लो दिन ५ फेब्रुअरीमा उनीहरु हिन्दू परम्परा अनुसार विवाह गर्नेछन् ।

फेरि मार्चको पहिलो हप्तामामाल्दिभ्समा उनीहरुको क्रिश्चियन परम्पराका अनुसार विवाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?