शक्तिशाली प्रधानमन्त्रीले विघटन गर्न पाउने महान्यायाधिवक्ता खरेलको दाबी

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा ७६ (१) अनुरूप गठित सरकारको शक्तिशाली प्रधानमन्त्री खुम्चिएर बस्न नसक्ने जिकिर संवैधानिक इजलाससमक्ष गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी सोमबार महान्यायाधिवक्ता खरेलले गरेका हुन्।

खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै शक्तिशाली हुने भएकाले ऊसँग विघटनको विशेषाधिकार हुने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार बहस गर्दै खरेलले यस्तो भनाइ राखेका हुन्। ‘कमजोरले विघटन गर्न सक्छ, बलियोले गर्न सक्दैन, तिमीले बहुमत पायौ, त्यसैले खुम्चिएर बस भन्न मिल्छ ?’, खरेलले इजलासको जिज्ञासा मेटाउने क्रममा भने।

सरकारका तर्फबाट सोमबार सुरु भएको बहसमा खरेललाई इजलासबाट प्रधानन्यायाधीश र न्यायाधीशहरूले विघटनको वैधानिकताका विषयमा अनेक कोणबाट प्रश्न सोधेका थिए। इजलासबाट सुरुमा ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कहाँ छ त ?’ भन्दै प्रश्न गरिएको थियो। जवाफमा खरेलले रिट निवेदकले नै प्रतिनिधिसभा विघटन हुनै सक्दैन भन्ने दाबी नगरेको स्पष्ट पारे। उनले संविधानको धारा ८५ मा ‘संविधानबमोजिम अगावै विघटन हुन सक्ने’ परिकल्पना गरिएको जिकिर गरेका थिए। अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?