काठमाडौँ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आशिंक बदली रहि तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। यी क्षेत्रहरुमा आज राती पनि मौसमको यस्तै अवस्था कायम रहने महाशाखाले जनाएको छ ।
यसैगरी आज काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम १.८ डिग्री सेल्यिस थियो । आज दिउँसो काठमाडौँको तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया