प्रचण्ड–नेपाल पक्षले बैठक बोलायो, ओली पक्षले विज्ञप्ति निकाल्यो

काठमाडौँ- प्रचण्ड–नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बोलाएपछि ओली समूहले त्यसको खण्डन गर्दै विज्ञप्ति निकालेको छ । पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने ओली पक्षले स्पष्ट गरेको छ ।

ओली समूहको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?