कार्तिक आर्यन र जान्हवी कपूरले एक अर्कालाई गरे अनफलो

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन गत वर्ष अभिनेत्री सारा अली खानसँग रिलेशनमा रहेको चर्चा थियो ।

यो वर्षको कुरा गर्ने हो भने, कार्तिक र अभिनेत्री जान्हवी कपूरको रिलेशनको चर्चा भइरहेको छ ।

यो घटना त्यो बेलाबाट भाइरल बन्यो जुन बेला कार्तिक र जान्हवी छुट्टी मनाउन गएका थिए ।

उनीहरुको तस्वीर सोसल मिडियामा धेरै भाइरल बनेको थियो ।

यसैबीच अहिले भने सबै फ्यानलाई झट्का दिने खबर बाहिरिएको छ ।

कार्तिक र जान्हवीले एकअर्कालाई आ आफ्नो इन्स्टाग्राम अकाउण्टबाट अनफलो गरेका छन् ।

यसबाट उनीहरुको सम्बन्धमा दरार आएको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?