काठमाडौं । बलिउड अभिनेता वरुण धवनले हालै सोसल मिडियामा एक संकेत दिएका थिए कि, अभिनेत्री श्रद्धा कपूर छिटै फोटोग्राफर रोहन श्रेष्ठसँग् विवाह गर्न सक्छन् ।
पोस्ट भाइरल भएपछि अब श्रद्धा कपूरका बुबा तथा चर्चित अभिनेता शक्ति कपूरको रिएक्शन आएको छ ।
एक अन्तर्वार्तामा उनले श्रद्धा र रोहन धेरै राम्रा साथी भएको बताएका छन् ।
तर आफूलाई छोरीले रोहनसँग रिलेशनलाई लिएर कति सीरियस छ भन्ने कुरा थाहा नभएको बताएका छन् ।
तर श्रद्धाको निर्णयमा आफू सहमत भएको उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया