‘केजीएफ च्याप्टर-२’ बन्यो सबैभन्दा महंगो कन्नड फिल्म

काठमाडौं । केजीएफ च्याप्टर १ को उत्कृष्ट सफलतापछि अब हरेक मानिसहरु च्याप्टर २ को प्रतिक्षामा रहेका छन् । किनभने च्याप्टर २ को टीजरले नै धेरैको मन तानिसकेको छ ।

कन्नड सुपरस्टार यशको फिल्म केजीएफको हिन्दी राइट्स फरहान अख्तर र रितेश सिधवानीको प्रोडक्शन हाउस एक्सेल इन्टरटेनमेन्टले किनेको छ ।

जसका लागि उनीहरुले ९० करोड भन्दा धेरै रुपैयाँ दिएका छन् ।

यसका साथै यो फिल्म कन्नडको सबैभन्दा महंगो फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?