मालपोत कार्यालय कैलालीमा हाकिमको दादागिरी, पत्रकारमाथि हातपातको प्रयास

धनगढी– मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।

समाचार संकलनका लागि मालपोत कार्यालय पुगेका अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई कार्यालय प्रमुख केसीले अपशब्द प्रयोग गर्दै हातपात गर्न खोजेका हुन् । मालपोत कार्यालय कैलालीमा कर्मचारीद्वारा मनपरीरुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए ।

कर्मचारीद्वारा भएको कमजोरीका विषयमा बुझ्न कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनी घाम तापेर बसीरहेका थिए । पत्रकार श्रेष्ठको टिम कार्यकक्षमा प्रवेश गरिसकेपछि उनी कार्यकक्षमा आएका थिए । कार्यालयमा भएको कमजोरी र कर्मचारीद्वारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनी एक्कासी जंगिएको पत्रकार श्रेष्ठले जानकारी दिए ।

कार्यालयमा भएको कमजोरी सुधारका लागि पहल गर्नुपर्नेमा उनी आफ्ना कर्मचारीको बचाउमा लागेपछि सेवाग्राहीले समेत विरोध जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?