कैलाली । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।
समाज कैलालीको आज (बिहीवार)को कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे । “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनर्स्थापनाको पक्षमा लाग्न जरुरी छ”, उनले भने ।
समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का पैदा गरेको विचार व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया