वास्तु ज्ञान : सुत्ने कोठामा के सामान राख्ने ? के नराख्ने ?

लोकपथ
39
Shares
Couple Relaxing In Bed Wearing Pajamas Lying Down Laughing

काठमाडौं – आफू सुत्ने कोठा अर्थात् शयन कक्षमा के – के सामान राख्नुभएको छ ? वास्तुशास्त्रले आफू सुत्ने कोठामा केही सामान राख्दा नराम्रो हुने बताएको छ । तपाईलाई पक्कैपनि थाहा छ – वास्तु शास्त्र सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुन्छ । वास्तु शास्त्रमा घरको सजावट एवम् रङले हाम्रो मनमा सकारात्मक प्रभाव पार्छ भन्ने विषयमा चर्चा भएको पाइन्छ ।

नकारात्मक उर्जा हुने गरी सुत्ने कोठामा राखियो भने मनमा तनाव हुन्छ र शारीरिक रुपमा पनि असहजता पैदा हुन्छ । सकारात्मक उर्जाका लागि वास्तुमा ध्यान दिनु पर्छ ।

शयन कक्षमा के राख्ने के नराख्ने त ?

सुत्ने पलङमुनी गह्रौँ वस्तु नराख्नुस् । वास्तुको हिसाबले यसले तपाईलाई तनाव दिन्छ ।

धातुका सामग्री पनि सुत्ने पलङमुनि राख्नु हुँदैन । वास्तुअनुसार खिया लाग्ने चिज सुत्नेस्थलमा हुनु घातक मानिन्छ ।

यदि सयन कक्षमा झ्याल छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ । यी कुराहरुले व्यक्तिको मनमा विभिन्न नकारात्मक भावना आउन सक्छ भने विवाह पछि पनि यस्ता कुराले विभिन्न समस्या ल्याउन सक्छ।

फोहोर, जुत्ताचप्पल आफ्नो खाटमुनि राख्नुहुँदैन ।

शयनकक्षमा विभिन्न वास्तु दोष हुने हुँदा मानिसहरुलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ ।

सुत्ने कोठामा कहिल्यै पनि काँडेदार बिरुवा वा फूलहरु नराख्नुहोस् ।

घरमा आएका पाहुनाहरुलाई आफू सुत्ने कोठामा नलैजानुहोस् ।

सुत्ने कोठामा सकभर वास बेसीन नराख्नुहोस् ।

सुत्ने ओच्छ्यान नै देखिने गरी सिसा नराख्नुहोस् ।

बिजुलीका उपकरणहरु पनि बेडमुनि राख्नुहुँदैन ।

अण्डाकार घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । यसले घरमा भएको थुप्रै वास्तु दोषहरु केही दिनमा ठिक गराउँछ ।

व्यापार वा नोकरीमा उन्नति होस् भन्ने चाहनुहुन्छ भने निलो रङको घडी घरको उत्तर दिशामा राख्नुपर्छ ।

वास्तु शास्त्र अनुसार शयन कक्षमा एक्वैरियम राख्नु राम्रो होइन ।

मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ।

बेड सुत्नेको शीर दक्षिणतर्फ हुनेगरी गर्नुपर्छ।

बेडको अगाडिपट्टि ऐना राख्नुहुँदैन।

शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनुहुँदैन।

शयन कक्षमा पूजास्थल राख्नुहुँदैन।

शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र चित्रहरु राख्नु उचित हुन्छ।

घरको अलग–अलग स्थानमा अलग–अलग ग्रहहरुले नियन्त्रण गरिरहेका छन् । त्यहाँ ग्रहहरुको सही रङको प्रयोग गर्नाले ग्रह मजबुत हुन्छ । त्यसैले शयन कक्षको रङमा पनि विचार गर्नुपर्छ ।

यो स्थानमा शुक्र र केही अंश शनिसँग सम्बन्ध राख्छ । यो स्थानमा चिसो रङहरुको प्रयोग लाभदायी हुन्छ । चिसो रङ भन्नाले गुलाबी, हल्का हरियो र क्रिम कलरलाई भनिन्छ । यहाँ रातो र नीलो रङको प्रयोग गर्नुहुँदैन । यस स्थानमा हल्का प्रकाशको व्यवस्था गर्नुपर्छ ।

तपाईले शयन कक्षवाहेक अन्तको पनि रङ रोगनमा ध्यान दिनुपर्छ । रङशास्त्रीले भनेका छन्– रातो एवं केशरीजस्ता पहेँलो रङले हाम्रो मनमा उत्तेजना पैदा गर्छ । सामान्य पहेँलो, छिरबिरे र वैजनी रङले उत्साह एवं मनमा उल्लास बढाउँछ । नीलो एवम् हल्का खैरो रङले हाम्रो मनमा शान्ति र प्रशन्नता बढाउँछ भने गाढा कालो रङले मनमा शोक र निराशा पैदा गराउँछ । त्यसैले घरमा रङ लगाउँदा निकै सजग भएर लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?